Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय

श्री जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धादिंग

बागमती प्रदेश सरकार

खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय

श्री जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धादिंग

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2079-11-29

१. पृष्ठभूमि:

यस जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, धादिङ को स्थापना वि.सं. २०४५ सालमा नेपाल सरकारको विकेन्द्रीकरणको नीति अनुरुप साविक जिल्ला सिंचाइ कार्यालय धादिङ को नाममा भएको हो । तत्पश्चात् नेपाल सरकारको मिति २०५८/१२/२६ को निर्णयानुसार साविक जिल्ला सिंचाइ कार्यालय धादिङ खारेज गरी मध्यमाञ्चल सिंचाइ विकास सब डिभिजन नं. ३, धादिङ को स्थापना भएको हो जसको कार्यक्षेत्र धादिङ जिल्ला मात्र रहेको थियो । त्यसैगरी नेपाल सरकारको मिति २०७२/०२/३१ को निर्णयानुसार साविक मध्यमाञ्चल सिंचाइ विकास सब डिभिजन नं. ३, धादिङ खारेज गरी सिचाइ विकास डिभिजन, धादिङ को रुपमा रहेको हो जसको कार्यक्षेत्र पनि धादिङ जिल्ला मात्र रहेको थियो । मिति २०७२/०६/०३ मा नेपालको संविधान, २०७२ लागू भए पश्‍चात् नेपाल सरकारको मिति २०७५/०३/२० को स्वीकृत संगठन संरचना तथा नेपाल सरकारको (सचिवस्तर) मिति २०७५/०५/१० को निर्णयानुसार साविक सिचाइ विकास डिभिजन, धादिङ प्रादेशिक संरचना अनुरुप बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, धादिङ को रुपमा स्थापना भएको छ । बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ को मिति २०७८-०८-१५ को संसोधन अनुसार साविकको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गतको खानेपानी, उर्जा तथा सिंचाइ क्षेत्रलाई छुट्टै महत्व दिई खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको स्थापना भएपछि बागमती प्रदेश अन्तर्गतका तेह्र वटै जिल्लाहरुमा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, बागमती प्रदेश मातहत रही जलस्रोत तथा सिचाई विकास डिभिजन सब डिभिजन कार्यालयहरु बाट उर्जा, सिंचाइ, जल उतपन्न प्रकोप व्यवस्थापन तथा ग्रामिण विद्युतीकरणको विकास सम्बन्धी अध्ययन, योजना तर्जुमा, स्वीकृति, योजना निर्माण, संचालन र मर्मत सम्भार लगायतका कार्यहरु हुने व्यवस्था गरिएको छ ।

२. दीर्घकालीन सोच:

सिचाईको लागि आवश्यक संरचनाहरुको निर्माण एवम व्यवस्थापन गरी कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने,  उर्जा प्रविधि तथा ग्रामिण विद्युतीकरणको विकास र जल उत्पन्न प्रकोपहरुको न्युनिकरण तथा रोकथाम गर्ने ।                                                  

३. उद्देश्य:

जिल्ला भित्रका विभिन्न सिचाई योजनाहरुको निर्माण तथा मर्मत सम्भार गरि सिचाई सुबिधा उपलब्ध गराउने, उर्जा प्रविधि तथा ग्रामिण विद्युतीकरणको विकास गरी उर्जामा पहुँच बृद्धि गराउने तथा नदि व्यवस्थापन, पहिरो व्यवस्थापन, वस्ती संरक्षण गरि जल उत्पन्न प्रकोपबाट हुने क्षेति न्यूनीकरण गर्न सहयोग पुर्याउने   ।                                                 

 ४. रणनीति:

  • सिचाई सेवा उपलब्ध गराउनका लागि सतह सिचाई, लिफ्ट सिचाई, नयाँ प्रविधिमा आधारित सिचाई योजनाहरुको कार्यान्वयन गर्ने, निर्माण सम्पन्न भैसकेका सिचाई योजनाहरुको मर्मत सम्भार एवम दिगो व्यवस्थापनको लागि उपभोक्ताहरुको सहभागिता सुनिस्चित गर्ने
  • जोखिमयुक्त वस्ती, बाढीबाट सम्भावित कटान पटान हुन सक्ने खेति योग्य जग्गा, भौतिक संरचना संरक्षण गर्न भौतिक संरचना तथा बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरी नदी नियन्त्रण, पहिरो नियन्त्रण तथा बस्ती संरक्षणका योजनाहरुको निर्माण गर्ने तथा
  • उर्जामा सुलभ र भरपर्दो पहुँच तथा उर्जाको उत्पादकत्व बृद्धि गराउन नियमित तथा वैकल्पिक उर्जा प्रविधि तथा ग्रामिण विद्युतीकरणको योजनाहरुको निर्माण गर्ने                                              

५. कार्यक्षेत्रः

धादिङ जिल्ला                                                        

. धादिङ जिल्लामा सिंचाइको अवस्था

धादिङ जिल्लाको कुल भौगोलिक क्षेत्रफल १,९२,४८७ हेक्टर मध्ये खेती योग्य भूमी ४८,१३६  हेक्टर छ । यहां हालसम्म जम्मा १३,०२८ हेक्टर जमिन मात्र सिंचित अवस्थामा रहेको आंकलन गरिएको छ ।

सि.न.

विवरण

क्षेत्रफल (हेक्टर)

सिंचित क्षेत्रफल सम्बन्धी विवरणहरु (आ.व. २०७८/७९ सम्म)   

जिल्लाको क्षेत्रफल (हेक्टर) =

१९२४८७ हे.

जिल्लाको कुल खेतीयोग्य जमिनको क्षेत्रफल (हे.)=

४८१३६ हे.

खेतीयोग्य जमिन मध्ये सिंचाई गर्न सकिने क्षेत्रफल (हे.)=

३५१५० हे.

प्रादेशिक सरकार बन्नु पुर्ब (२०७५ असार सम्म) सिंचाई सेवा पुगेको क्षेत्रफल (हे.)=

१२३५१ हे.

प्रदेश सरकारले निर्माण/बिस्तार गरेको (आ.व.७५/७६-७९/८० सम्म) क्षेत्रफल (हे.)=

६७७ हे.

कुल सिंचित क्षेत्रफल (हे.) (४+५)

१३०२८ हे.

 

 


पछिल्लो अपडेट गरिएको : 2079-12-12 21:38:16

© सर्वाधिकार सुरक्षित श्री जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धादिंग

Powered By: ProActive Developers